१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

अर्थतन्त्र ध्वस्त हुनबाट जोगाउन घोषणा गरिएको आइतबारे बिदा खारेज


२३ जेठ, काठमाडाैँ । सरकारले अर्थतन्त्र ध्वस्त हुनबाट जोगाउन घोषणा गरेको आइतबारे बिदा खारेज भएको छ । सरकार सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिने नयाँ निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो ।

सरकाले पेट्रोलिय पदार्थ समेत किन्न सक्ने अवस्था नभएको भन्दै तेल बचाउने र अर्थतन्त्र जोगाउने भन्दै बिदा दिने निर्णय गरेको थियो । तर बिदा खारेजको निर्णय गर्दा अर्थतन्त्रमा कुनस्तरको सुधार आएकाले बिदा खारेजको निर्णय भएको हो भन्नेबारेमा सरकारका अधिकारीले केही बोलेका छैनन् ।

सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो । दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो । यससँगै सरकारले असारबाट लागू हुनेगरी आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार २१:१०

https://srdb.com.np/