१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त


२३ जेठ, काठमाडाैँ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइको सिफारिस पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार २०:५०

https://srdb.com.np/