१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

संसदमा वसन्त नेम्वाङले दर्ता गराए खर्च कटौतीको प्रस्ताव


२३ जेठ, काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधिससभामा उनले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । उनले सोमबार विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् ।

‘विगत आर्थिक वर्षहरुदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गहरुमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्,’ प्रस्तावमा भनिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १५:४१

https://srdb.com.np/