१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

माधव नेपालमाथि फेरि पनि अपमान ! आफ्नाहरू मिले अर्काले टेरेनन्


२३ जेठ, काठमाडौँ । माधवकुमार नेपालले फेरि पनि अपमान व्यहोरेका छन । अध्यादेशबाट जन्माएको नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री परिवर्तनको निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवलाई बुझाए पनि उनले उक्त निर्णय कार्यान्वयनमा अस्वीकार गरेका छन ।

कहिले सोफा त कहिले कुर्सीको आसन ठीक भएन त कहिले मलाइ नेताको रूपमा सम्मान भएन भनेर सार्वजिनक रूपमै गुनासो गर्ने नेपालले यो पटक आफ्नाहरूकै घेराबन्दीको बीचमा देउवाबाट अपमानित हुन पुगेका छन । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर यस्तो निर्णय लिएको बालुवाटार स्रोतले जनाएको छ ।

माधव नेपालले प्रधानमन्त्रीसँग सल्लाह नै नगरी हतारहतारमा पार्टीका तर्फका नयाँ मन्त्रीको नाम पठाएका थिए । तर देउवाले उनको सिफरिस कार्यान्वयन गर्न अस्वीकार गरेका छन । नेपाल पार्टीभित्रै चार जना मन्त्रीको घेराबन्दीमा परेका छन । नेपालले सरकारबाट फिर्ता बोलाएका मन्त्रीहरूले सोमबार बिहान प्रधानमन्त्री देउवासँग भेटगरी तत्काल आफूहरूलाइ नहटाउन अनुनय गरेका थिए ।

त्यसपछि देउवाले प्रचण्डसँग सल्लाह गरेर गठबन्धनको बैठक बोलाएर तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने सहमति गराएका थिए । यदि माधव नेपालको निर्णय कार्यान्वयमा गएको भए पार्टी नै फुट्नेसम्मको अवस्था रहेको नेताहरूले बताएका छन । संसदमा आजदेखि बजेटको छलफलमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । देउवाले कम्तिमा पनि मन्त्रीहरूलाइ बजेटका बारेमा उठेका प्रश्नको जवाफ दिएरमात्र बाँकी कारबाही गर्नुपर्ने बताएका छन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १४:२२

https://srdb.com.np/