१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

गंगा चौधरी भन्छिनः मन मिल्दा लभ, नमिले बलात्कार ! पुरुषको पीडा कसले बोल्ने ?


२३ जेठ, काठमाडाैँ । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले याैन अपराधको मुद्दामा भावनामा बगेर कानुन निर्माण गर्न नहुने बताएकी छिन । उनले पछिल्लो समय उठिरहेका यौन हिंसाका घटनामा पुरुषहरु पनि पीडित भइरहेको बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यौन हिंसाविरुद्धको कानुनबारे विधेयक आएको बताउँदै सबै पुरुष दोषी हुन्छन् भन्ने दृष्टिकोण कानुनमै राख्न नहुने बताइन । ‘हामी दुईवटा जाति मात्रै छौँ, महिला र पुरुष। तर एउटा व्यक्ति र वर्गका लागि मात्रै कानुन बनाउने होइन’, उनले थपिन्, ‘सबै नागरिकको लागि कानुन चाहिन्छ। महिलाको भावना मात्रै होइन, पुरुषको भावना हेरेर कानुन बनाउनुपर्छ।

उनले  भनिन, ‘पल शाह र सुस्मिताको प्रकरणमा मन मिल्दा लभ तर मन नमिलेपछि बलात्कार?’, उनले भनिन्, ‘हाम्रै पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको घटनामा पनि स्वार्थ मिलुञ्जेल कसैलाई मतलव भएन। स्वार्थ नमिलेपछि बलात्कार अभियोगमा महरालाई ६ महिना जेल कोचियो।’

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १३:०७

https://srdb.com.np/