१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

धरानका मेयर हर्कको अपिलः मलाई सम्मानको निम्तो नदिनु होला, म आउँदिन


२३ जेठ, काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ राईले आफूलाई सम्मानको नाममा नअल्झाउन अपिल गरेका छन । सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत मेयर राईले यस्तो अपिल गरेका हुन ।

धेरै संघ संस्थाले सम्मानका नाममा अनुरोध गर्न थालेपछि उनले सामाजिक सञ्जाल मार्फत नै यस्तो अपिल गरेका हुन । उनले भनेका छन, ‘कृपया मलाई सम्मान कार्यक्रममा निम्तो नदिनु होला ! मैले त्यस्तो ठुलो काम केही गरेको छैन ! हजुरहरुको कार्यक्रममा आउन नसक्दा माफी चाहन्छु !’

आफैँले खर्च जुटाइदिएर स्कुल बन्द गराएर विद्यार्थी लाइन लगाएर सम्मान लिने बानी परेकाहरूका लागि धरानका मेयरको यो निर्णय एउटा महत्वपूर्ण चुनाैति पनि हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ०९:४९

https://srdb.com.np/