१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

टेकुको पेट्रोल पम्पमा विस्फोट, दुई जना घाइते


२२ जेठ, काठमाडौं । काठमाडौंको टेकुमा रहेकाे कनक पेट्रोल पम्पमा विस्फोट हुँदा दुई जना घाइते भएका छन् । इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्षका दिपककुमार साह घाइते भएका हुन् ।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । किशोरीको बायाँ खुट्टा जलेकाे छ भने, दाहिने खुट्टा,अनुहार दुबै हात र छाती जलेको अवस्थामा रहेको छ । यस्तै दिपकको बायाँ गालामा हल्का पोलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १८:५२

https://srdb.com.np/