१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

रामकुमारी झाँक्रीको मन्त्री पद चट, सहरी विकास मन्त्रीमा मेटमणि चाैधरी सिफारिस


२२ जेठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तनको निर्णय गरेको  छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री परिवर्तनको निर्णय गरेको थियो । समाजवादीका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवलाइ पाँच जनाको नाम दिइएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् । भने यसअघिका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १६:१०

https://srdb.com.np/