१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

गाउँपालिकाको कार्यालयमा कांग्रेसको भ्रातृ संस्थाका अधिवेशन, सरकारी अड्डा बन्यो पार्टीको अखडा

२१ जेठ, काठमाडौँ । नुवाकोटको तादी गाँउपालिकाको कार्यालय नेपाली कांग्रेसको भ्रातृ संस्थाको अधिवेशन गर्ने हलमा परिणत भएको छ । सरकारी अड्डा कुनै एक अमुक पार्टीको अखडा भएपछि स्थानीयले आलोचना गरिरहेका छन ।

नेपाली कांग्रेसबाट अध्यक्षमा निर्बाचित सन्तमान तामाङले गाँपालिकाको भवनलाई नेपाली काँग्रेसको पार्टी कार्यालयमै परिणत गराएको भन्दै कर्मचारीहरूले पनि असन्तुष्टि जनाएका छन । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्बाचित हुनुभएका तामाङले आफै प्रमुख अथिती बनेर काँग्रेसको भातृ संस्थाको कार्यक्रम गाँउपालिकाको कार्यालयमा गरेका हुन ।

गाँउ कार्यपालिकाको भवन भन्दा केहि पर काँग्रेस पार्टीको गाँउपालिकाको कार्यालय र प्रदेश क को कार्यालय संगसंगै हुँदा समेत शक्तिको आडमा पार्टीको भातृ संस्था “शिक्षक संघ”को अधिवेशन गाँउपालिकाकै भवनमा गरिएको छ ।

जनतालाई चुस्त दुरुस्त सेवा दिनको लागी नेपाल सरकारको करौडौ रुपैयाँको बजेटमा निर्माण गरिएको भवनबाट गाँउपालिकाका अध्यक्ष र निवर्तमान अध्यक्ष नारायण पाण्डे अतिथि बनेर पार्टीको कार्यक्रम गरेपछि सरकारी कर्मचारीले पनि यस्तो नगर्न सुझाव दिएका छन ।

“जनताको सेवा गर्छु भनेर भोट हाल्यौ तर गाँउपालिकाको कार्यालयमै चुनावमा पार्टीको झण्डा बोकेर हिडेका शिक्षकहरु जम्मा गरेर आफैँ प्रमुख अथिती बनेर कार्यक्रम गर्नुभएछ” एक स्थानीयले भने सन्तमान पनि जनताको काम गर्न हैन रैछ एउटा पार्टीको नाममा राजनीति गर्न आएको बुझियो ।

कार्यक्रम सम्पन्न पश्चात निर्बाचित शिक्षकहरुले गाँउपालिकाको कार्यालयको परिसरमा सामूहिक तस्विर समेत खिचाँउदै जितको शुभकामना आदानप्रदान गरेका थिए । गाउँपालिकाको कार्यालय पार्टी कार्यालयमा परिणत गराउने अध्यक्ष सन्तमान तामाङ तीनै व्यक्ति हुन जसले जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख हुँदा प्राकृित स्रोतको दोहोनमा स्थानीय तहका लागि सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : June 4, 2022 at 9:32 pm