१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

चुनावी प्रतिवद्धता कार्यान्वयन गर्दै अध्यक्ष श्रेष्ठ, साउनदेखि तिनाउँमा निःशुल्क एम्बुलेन्स सेवा


२१ जेठ, पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकमा अस्पतालसम्म पुग्न र बिरामीलाई स्वास्थ्योपचारमा सहज सुविधा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पालिकाले जनाइएको हो ।

गर्भवती, सुत्केरी एवम् थप चिकित्सकीय सेवाका लागिसमेत तानसेन, पाल्पा र बुटवल भैरहवासम्म पुग्न एम्बुलेसन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको छ । निःशुल्क एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कार्यविधि बनाएर आगामी साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । यो श्रेष्ठ र उनको दल नेकपा एमालेको चुनावी प्रतिवद्धता समेत रहेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १६:४०

https://srdb.com.np/