१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

देउवाका चुत्था नाेकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैनः नेता थापा

२० जेठ, काठमाडौँ ।  नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका तर्फबाट प्रधानमन्त्रीको अफर आएको भनेर दिएको अभिव्यक्तिको कडा शब्दमा खण्डन गरेका छन ।

थापाले सामाजिक सञ्जाल मार्फत कडा शब्दमा प्रचण्ड र माधवको अभिव्यक्तिको खण्डन गरेका हुन । उनले भनेका छन, ‘स्वर्ग जाने भन्दै नर्ककाे टिकट काटेका देउवाका चुत्था नाेकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन।’ त्यसअघि प्रचण्डले एक अन्तर्वार्ता र माधवले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीको अफरको बारेमा बताएका थिए ।

थापाले समाजिक सञ्जालमा लेखेका छन, ‘प्रचण्ड र मा.कु. नेपाललाई प्रधानमन्त्रीकाे अफर, त्याे पनि एमालेबाट ? याे निर्लज्ज आत्मस्तुति र आत्मप्रचार बाहेक केही हाेइन। अध्यक्ष केपी शर्मा ओलीले यस्ताे अफर गर्ने सपना पनि तिनै दुई जनाले निद्रामा मात्रै देखेका हुनसक्छन्, समकालीन नेपाली राजनीतिमा याे संभव छैन। स्वर्ग जाने भन्दै नर्ककाे टिकट काटेका देउवाका चुत्था नाेकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन।’

प्रकाशित मिति : June 3, 2022 at 7:49 pm