२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी


२० जेठ, डडेलधुरा । डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ । गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् ।

आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेकाे हुनसक्ने पनि अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ०९:२२