१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

त्रियुगाको नगर प्रमुखसहित ८१ जनप्रतिनिधिहरुले लिए सपथ

१८ जेठ, उदयपुर । त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएका छन् । बुधबार नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेत सहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिएका हुन् । नगर प्रमुख वस्नेतले बोक्सेस्थित कर्मचारी मिलन केन्द्रमा सपथ लिए भने नगर उपप्रमुख महेश्वरी राई लगायत वडाअध्यक्ष सदस्यहरुले त्रियुगा नमुना माध्यामिक बिद्यालय गाईघाटको प्रांगणमा सपथ लिए ।

बस्नेतलाई उदयपुर जिल्ला अदालतका न्यायधिशले सपथ खुवाए भने उपप्रमुख वडाअध्यक्षहरुलाई भने नगर प्रमुख बस्नेतले सपथ खुवाए ।त्रियुगा नगरपालिकाका ८१ जना जनप्रतिनिधिहरुलाई नगर प्रमुख बस्नेतले सपथ खुवाए । सपथसँगै जनप्रतिनिधिहरु सबैलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र समेत वितरण गरेको थियो ।

प्रकाशित मिति : June 1, 2022 at 10:26 pm