१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बतास समूहले पशुपति धर्मशालामा होटल चलाउन नपाउने

१८ जेठ, काठमाडौं । पशुपति धर्मशालामा बतास समूहले होटल संचालन गर्न नपाउने भएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले होटेल सञ्चालन पाउनेगरी दिएको अन्तरकालीन आदेश बदर भएसँगै बतास समूहले पशुपति धर्मशालामा होटल संचालन गर्न नपाउने भएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको बुधबार इजलासले गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

प्रकाशित मिति : June 1, 2022 at 8:34 pm