१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सरकारलाई भानुभक्त ढकालको कटाक्ष: सम्झनेवित्तिकै चन्द्रलोक जाने सक्ने राजमार्ग बनाउँ

१८ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्व मन्त्री भानुभक्त ढकालले सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुनावमा जनता प्रभावित पार्ने गरी बजेट ल्याएको र यसको कार्यान्वयन हुन नसक्ने बताए ।

एक घण्टामा चितवन पुगिने र दुई घण्टामा चतराबाट सगरमाथाको चुचुरोमा पुगिने कार्यक्रम ल्याएको भन्दै उनले भने, ‘सरकारलाई राम्रो सुझाव दिन चाहान्छु, निजी क्षेत्रबाट गर्नेभन्दा लोकतन्त्रमा व्यक्ति स्वतन्त्र छन् । यस्तो राजमार्गको परिकल्पना गरौँ, कल्पना गर्नेवित्तिकै चन्द्रलोकमा जाने सक्ने, मंगलग्रहमा पनि जान सकिने, आफैँ बाटो बनाउँ भन्यो भने सायद अल्मल्याउन धेरै कुरा भनिरहनै पर्दैन ।’

यो सरकारको आयु पाँच महिना २२ दिन रहेको भन्दै उनले बजेट जनता देशको समस्या समाधान गर्नभन्दा पनि आगामी मंसिरमा गरिनुपर्ने चुनावमा जनता आकर्षित गर्ने खालको रहेको बताए ।

प्रकाशित मिति : June 1, 2022 at 1:13 pm