१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

ओलीको आशिर्वाद लिन बालकोट पुगे बालेन, ओलीसँग वान टु वान छलफल

१७ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आशिर्वाद लिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालकोट पुगेका छन । स्वतन्त्रबाट काठमाडौँको मेयरमा विजयी भएका बालेन मतगणनाको अन्तिम दिन बालेनको टिम नै ओलीको आशिर्वाद लिन बालकोट पुगेको हो ।

अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार बालेन सहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेको थियो । ‘केहीबेर सामुहिक भेटघाट भयो । त्यसपछि अध्यक्षज्यूसँग बालेनले एक्लै भेट्नु भयो’ ब्रजाचार्यले भने । बालेन बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकोले अध्यक्ष ओलीले बधाइ र शुभकामना दिएका थिए । अध्यक्ष ओली र बालेनको वान टु वान भेटमा के विषयमा कुरा भयो भन्ने खुलेको छैन ।

आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलो पटक अध्यक्ष ओलीलाई भेट्न बालकोट आएको बालेन समूहले बताएको थियो । काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले केही सुझाव मागेको बालकोट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार २१:५०