१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

लाइसेन्सका लागि हालसम्म परेका सबै अनलाइन आवेदन रद्द

१६ जेठ, काठमाडाैँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

विभागले सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ । विभागले सोमबार एक सुचना जारी गरेर आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्स अनलाइन आवेदन खुलाउने भएको हो ।

‘सवारीचालक अनुमति पत्रका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजदेखि रद्द गरि जेठ १६ गेत बेलुृका ६ बजेदेखि नयाँ लाइसेन्स आवेदन प्रणाली सुरु हुने भएको छ’ विभागको सूचनामा भनिएको छ ‘जसका लागि applydi.dotm.gov.np मा लगईन गरि नयाँ आवेदन फारम भर्नुहुन अनुरोध छ’ । त्यस्तै वर्ग थपको लागि भने अर्को हप्ता सोमबारबाट खुल्ला गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति : May 30, 2022 at 12:15 pm