एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको पित्तथैलीको शल्यक्रिया सफल
१६ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको पित्तथैलीको शल्यक्रिया सफल भएको छ । बस्नेत स्वयंले सामाजिक सञ्जाल मार्फत शल्यक्रिया सफल भएको जानकारी दिएका छन । उनी शल्यक्रियाका लागि सोमबार बिहान शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना भएका थिए ।
चिकित्सकले पित्तथैलीमा पत्थरी देखेपछि शल्यक्रियाका लागि सुझाव दिएका थिए । बस्नेतले सोही सुझाव अनुसार शल्यक्रिया गराएका हुन । उनले चिकत्सकको सल्लाहअनुसार तत्कालन भेटघाट नहुने भएकाले त्यसैगरी बुझिदिन शुभेच्छुकसँग अपिल गरेका छन ।
प्रकाशित मिति : May 30, 2022 at 10:49 am









