९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कञ्चनपुरको अान्दोलन स्थगति, छानविन समितिलार्इ सहयोग गर्ने निर्णय

९ भदाै, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणले केही दिनदेखि तनावपूर्ण बनेको कञ्चनपुरमा शनिबार दिउँसोबाट आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् । दिउँसो जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय सर्वपक्षीय बैैठक बसेपछि अान्दोलन स्थगित भएको घोषणा गरियो ।

सर्वदलीय सर्वपक्षीय बैठकले आन्दोलनमा ज्यान गुमाएका सनि खुनालाई शहीद घोषणा र घाइतेहरुको सहज र यथोचित उपचारको माग गर्दै उच्चस्तरीय छानविन टोलीलाई सहयोग गर्ने निर्णय गरेको छ।

यो सर्वदलीय सहमतिपछि कञ्चनपुरमा जारी आन्दोलन तत्कालका लागि स्थगित भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुसहित नागरिक समाजका अगुवा उपस्थित थिए। बैठकपछि अवस्था केही सहज भएको महसुस गरिएको छ। अान्दोलनका कार्यक्रम स्थगित भए पनि कर्फ्यू भने हटेको छैन ।

प्रकाशित मिति : August 25, 2018 at 7:39 pm