१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

बलात्कारीलार्इ संरक्षण गरेको अभियोग लागेका एसपी डिल्लीराज विष्ट निलम्बित

९ भदाै, काठमाडाैँ ।  कञ्चनपुरको भिमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलार्इ संरक्षण गरेको अभियोग लगेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका छन ।

गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको हो । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर तानिएको छ ।

स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् । डीएसपी सेटी र मुद्दा फाँटका खड्कालाई भने हेडक्वाटर बोलाएर घटनाबारे सोधपुछ गरिने जनाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १८:२६