१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

निर्मला हत्या प्रकरणः अाम मानिसको शंकाको घेरामा निलम्बित एसपी डिल्लीराज विष्ट

९ भदाै, काठमाडाैँ । कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिलार्इ कानुनी कठघरामा उभ्याउनुको साटो उत्टै नक्कली पीडक सिर्जना गरेर ढाकछोप गर्न खोजेको भनेर अालोचित बनेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टप्रति अाम नगरिकले थप शंका व्यक्त गरेका छन ।

विष्टलार्इ शनिबार नै गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ । निर्मला ट्युसन पढ्न जाने घरमा विष्टका छोरासमेत बारम्बार जाने गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीले अाजै नै अनिता बम र रोशनी बम समेत पक्राउ परेका छन ।

प्रहरीले अब एसपी  बिष्टका छोरालार्इ समेत पक्राउ गरेर अनुसन्धान गर्ने तयारी गरेको छ । विष्टले बलात्कारीको संरक्षणाका लागि नक्कली हत्यारा तयार गरी सार्वजनिक गरेपछि उनको कर्तुत सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : 20:55