१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

छोटा कपडा लगाएर जिल्ला प्रशासन कार्यालय जान प्रतिवन्ध

९ भदाै, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले छोटा कपडा लगाएर अाउने सेवाग्राहीलार्इ गेटमै रोक्ने सूचना जारी गरेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले शुक्रबार एक सूचना जारी गर्दै मर्यादित पोशाकमा नअाउने सेवाग्राहीलार्इ कार्यालय प्रवेशमा रोक लगाइने बताएका छन ।

सूचनामा भनिएको छ,  ‘जिल्ला प्रशासन कार्यालय कास्कीले सेवाग्राहीहरूलार्इ प्रभावकारी रूपमा सेवा प्रदान गर्ने कार्य के कसरी गर्न सकिन्छ भन्ने विषयामा सदा प्रयत्नशील रहदैँ अाएको व्यहोरा सर्वविदितै छ । यस सन्दर्भमा कतिपय सेवाग्राहीहरू कार्यालयमा सेवा लिन अाउँदा मर्यादित पोशाकमा रहने गरेको नपाइएको हुँदा अब उप्रान्त सेवा लिन अाउनुहुने सेवाग्राहीहरूलार्इ मर्यादित पोशाकमा अाउनुहुन अनुरोध छ । अन्यथा प्रवेशमा रोक लगाइने व्यहोरा समेत सबैमा जानकारीका लागि अनुरोध छ ।’

 

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ०९:२९