८ असार २०८३, सोमबार | Mon Jun 22 2026

महेन्द्र पाण्डेकै वडामा नेकपा एमाले पराजित

२ जेठ, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले लज्जास्पद पराजय व्यहोरेको छ । लोकप्रिय र जनतामा भिजेको नेतालाई टिकट नदिएपछि यस्तो अवस्था आएको भन्दै सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले असन्तुष्टि पोखेका छन ।

नेकपा एमालेका नेता महेन्द्रबहादुर पाण्डको स्थायी ठेगाना भएको लिखु १ मा पाण्डेकै परिवारका सदस्य प्रकाश पाण्डेले एमालेबाट प्रतिस्पर्धा गरेका थिए । पाण्डे वडा अध्यक्षमै ३८८ मतान्तरमा पराजित हुन पुगे । वडा नम्बर १ मा नेपाली कांग्रेसका नरहरि पाण्डे विजयी भएका छन । एमाले बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठको वडामा पनि लिखु १ नै हो । यद्यपी नेताहरूले आफ्नो वडा जिताउन सकेनन् ।

उनले ९२१ मत ल्याएर विजयी हुँदा एमालेका प्रकाशले जम्मा ५३३ मत प्राप्त गरे । कांग्रेस पाण्डे यसअघि पनि वडा अध्यक्षमा विजयी भएका थिए । स्थानीय कमिटी र नेताहरूले सुवास घलेका नाममा टिकट मागेको भए पनि नेतृत्वले नेताको निकटता हेरर टिकट दिएको स्थानीय नेताहरूले बताएका छन ।

प्रकाशित मिति : May 16, 2022 at 9:02 pm