२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

काठमाडाैँका थप चार स्थानामा नेपाल बैंकको शाखा शुभारम्भ

११ जेठ, काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ । बैंकले टोखा  नगरपालिका वडा नम्बर ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नगरपालिका वडा नं.१ स्थित रानिवन चोकमा, काठमाडाैँ महानगरपालिका वडा नं. १३ को रिङ्गरोड सितापाईला चोकमा र काठमाडाैँ महानगर पालिकाकाे वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ । आजदेखी सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगर प्रमूख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे भने अन्य तिन शाखाहरुमा सफ्ट लञ्च सहित कारोवार सुरुवात गरिएको छ ।

ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा मन्तव्य राख्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोवार गर्न अझ सहज बनाउने बताए । उनले नेपाल बैंक नेपालकै पहिलो र विश्वासिलो बैंक भएको चर्चा गर्दै नगरवासीलाई यो बैंकसंग ढुक्कसंग कारोवार गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले ग्रिनल्याण्ड शाखाले यस आसपासका जनतालाई बैंकिङ्ग कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गर्दै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको बताए ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वि.स. १९९४ मा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवा दिने क्रममा यस टोखा नगरवासीको सेवाको लागि शाखा स्थापना गरिएको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवाभावको साथ बौद्धिक यूवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समय सगै अगाडि बढिरहेको विषय राख्दै टोखा नगरबासीको विश्वास जित्न नेपाल बैंक सफल हुनेछ भन्ने बिश्वास एवं प्रतिबद्दता व्यक्त गरे ।

कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, टोखा ६ का वडा अध्यक्ष शान्ता पौडेल खनाल, नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल र प्रकाश कुमार अधिकारी, वडा नं. ६ का वडा सदस्यहरु, व्यवसायीहरु, सेवाग्राहीहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपाल बैंक लिमिटेडका नेपालभर २१७ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४८ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिंङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : May 25, 2022 at 8:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/