५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिक्षकहरूलाई पार्टी कमिटीको जिम्मेवारीबाट सात दिनभित्र राजिनामा दिन मेयरको निर्देशन


११ जेठ, काठमाडाैँ । वर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलका कमिटीमा रहेका सामूदायिक विद्यालयका शिक्षकमाथि कडा कारबाहीको गर्ने भएको छ । नगरपालिकाको पहिलो निर्णय नै कानुन कार्यान्वयन गर्ने भएपछि नगरप्रमुख दिपेश (चाैधरी) थारूले सम्पूर्ण सामूदायिक विद्यालयमा पत्राचार गर्दै एक साताभित्र राजनीतिक दलको कमिटीहरूबाट राजिनामा गरेर जानकारी दिन निर्देशन दिएका छन ।

नगरप्रमुख दिपेश शिक्षा ऐन २०७८ को दफा १६ (ङ)को उपदफा ५ को (छ) अनुसार एक साताभित्र राजिनामाको जानकारी दिन भनेका छन । उनले गरेको पत्राचारमा भनिएको छ, ‘प्रस्तुत विषयमा प्रचलित शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लङ्घन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरित कार्य गर्ने यस राजापुर नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजिनामा दिन लगाई सोको विवरण सात दिन भित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ।’

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार ०८:०४