१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पत्रकार कुट्नेदेखि एम्बुलेन्स फुटाउनेसम्म कञ्चनपुरको हिंसात्मक प्रदर्शन (फोटोफिचर)

८ भदाै, काठमाडाैँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न दोषीलार्इ कारबाहीको माग गर्दै जारी अान्दोलन शुक्रबार हिंसात्मक हुँदा एक जनाले ज्यान गुमाए ।

नेकपाका नेता भीम रावलकाे अभिव्यक्तिको विरोध गर्ने नाममा नेविसंघले अान्दोलनकारीलार्इ उत्तेजित बनाउँदा स्थिति असामान्य बनेपछि अनिश्चितकालीन कर्फ्यू जारी गर्न प्रशासन बाध्य भएको छ ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेर अागजनीको प्रयास गरेपछि प्रेहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

प्रदर्शनकारीले दुर्इवटा एम्बुलेन्स तोडफोड गरेका छन भने माउण्टेन टेलिभिजनका कञ्चनपुर संवाददाता पुष्कर भट्टलार्इ कुटपिट गरेका छन ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार २३:१२