२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकबाटै विद्यार्थी बलात्कृत

१० जेठ, काठमाडौँ । चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकबाटै विद्यार्थी बलात्कृत भएको खुलासा भएको छ । कलेजका एक शिक्षकले विद्यार्थीमाथि बलात्कार गरेको भन्दै अन्य विद्यार्थीहरू कारबाहीको माग राखेर आन्दोलनमा उत्रिएका छन । कलेजमा अहिले विद्यार्थीहरूले पठनपाठन बन्द गरेर आन्दोलन गरिरहेका छन । कलेज प्रशासन बलात्कारमा सहभागी शिक्षकको बचाउमा लागेपछि विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन । पछिल्लो समय बलात्कारका पुराना घटनाहरू सार्वजनिक हुनेक्रम बढेको छ ।

प्रकाशित मिति : May 24, 2022 at 9:26 am