नेविसंघको भीम रावल बिरोधी प्रदर्शनमा गोली चल्यो, चार जना घाइते
२८ भदाै, कञ्चनपुर । कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय अघि नेपाल विद्यार्थी संघले गरेको प्रदर्शन अराजक बनेपछि प्रहरीले गोली चलाएको छ । नेकपाका नेता भीम रावलको अभिव्यक्तिको बिरोधका नाममा प्रशासन अगाडि प्रदर्शन भएपछि प्रहरीले गोली चलाएको हो ।
यसअघि हिजो बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि पनि गोली चलाएको थियो ।कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गोली लागेर ४ जना घाइते भएको जनाएका छन । नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएका थिए ।
प्रकाशित मिति : August 24, 2018 at 6:32 pm









