२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रम

२३ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जेठो संकाय मानविकी तथा सामाजिक शास्त्र संकायले यो शैक्षिक सत्रदेखि खेलकुद विज्ञान र पर्यटन तथा आतिथ्य अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

द्वितीय श्रेणीमा स्नातक तहमा उत्तीर्ण भएका विद्यार्थी, ती दुवै कार्यक्रममा आवेदन गर्न योग्य भएका जनाउँदै मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका कार्यालयले आजै एक सूचना जारी गरी भर्नाका निम्ति आह्वान गरेको छ ।

नेपालको अर्थतन्त्र र संस्कृति समेतका क्षेत्रमा पर्यटन महत्वपूर्ण विषयका रुपमा रहेको तथा खेलकुदका माध्यमबाट मुलुकको विकासलाई टेवा पुग्ने र प्राज्ञिक शैक्षिक पक्षमा उच्चस्तरीय जनशक्ति उत्पादनमा सघाउनो उद्देश्यले ती कार्यक्रम सञ्चालन हुन लागेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : March 7, 2018 at 6:09 am