११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सुनवलमा गठबन्धनलाई हराउँदै एमाले विजयी

५ जेठ, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेले गठबन्धनलाई पराजित गरेको छ । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार विमला अर्याल १४,८३८ मत ल्याई विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३,२१८ मतान्तरले पराजित गरिन् । पराजित अर्जुनकुमार पोखरेलले ११,६२० मत ल्याए ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सूर्यप्रसाद दुवे १३,७९८ मत सहित विजयी भए । माओवादी केन्द्रका उम्मेदवार लेखनाथ खरेलले ८,८९० मत पाए ।

प्रकाशित मिति : May 19, 2022 at 2:20 pm