१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भरतपुरमा रेणु दाहालको अग्रता थप फराकिलो, पछ्याउँदै विजय सुवेदी

५ जेठ, भरतपुर । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन् ।

उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०७:०९