११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमालेको शानदार जित

५ जेठ, दाङ । गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा फराकिलो मतान्तरका साथ एमाले विजयी भएको छ । एमालेका नरुलालचौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन । उनले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका छ भने भने निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भइन । उनले ३० हजार ४ सय ३ मत प्राप्त गरिन भने भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरे ।

प्रकाशित मिति : May 19, 2022 at 6:46 am