१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

भन्सार छली भित्रिएको ६ हजार ब्रोइलर कुखुराको चल्ला नष्ट

८ भदाै, काठमाडाैँ । बराकाे गढीमार्इ चोकमा करछली गरेर ल्याइएको ६ हजार ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । यही भाद्र ६ गते सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाैडेलको नेतृत्वमा गस्तीमा रहेको टोलीले भन्सार छली ल्याइएको कुखुरा बरामद गरिएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका ७ स्थित गढिमाई चोकबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जितपुरबाट खटेको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक पाैडेलले जानकारी दिए । गस्ती टोलीले ना ४ च ३७९९ नम्बरको पिकअप भ्यानलाई जाँच गर्दा अवैध रुपले ल्याउँदै गरेको चार लाख असी हजार मुल्य बराबरको बोईलर कुखुराको चल्ला सहित उक्त भ्यान समेत बरामद गरेको हो ।

बरामद चल्ला पशु क्वारेन्टाईन कायालयकाे पतिनिधि, पत्रकार तथा स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ भने बरामद पिकअप भ्यान भन्सार कार्यालय बिरगंजमा बुझाएको पाैडेलले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १६:३२