२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

२०१ स्थानीय तहको प्रमुखमा कांग्रेसकाे जित


४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १०:५५