१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कांग्रेस नेता लामाले पुल निर्माणमा हेलचक्राइँगर्दा सल्यानको बाढीमा यसरी बग्दैछन माइक्रोबस

८ भदाै, सल्यान । सल्यानमा यात्रुले भरिएको एउटा माइक्रोबस बाढीले बगाएको छ । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको हो । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताएका छन ।

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको माइक्रो बस बिहीबार बाढीमा बगेको प्रहरीले जनाएको छ । यात्रुहरूले ज्यान जाेगाउन सफल भए पनि अाफ्ना झोलासहितका सामानहरू भने बाढीमा बगेका छन । खोलाको बाढीले निर्माणाधिन पक्की पुल समेत बगाइसकेको छ ।

नेपाली कांग्रेसका सांसद समेत रहेका नेता  जिपछिरिङ लामाको लामा कन्सट्रक्सनले निर्माण गरिरहेको पुल बाढीले बगाएको हो ।कन्सट्रक्सनले पुल निर्माणमा हेलचक्राइँ गरेर समय गुजार्दा पुल बाढीमा बगेकाे स्थानीय बताउँछन ।

छिन्चु-जाजरकोट सडकखण्डमा पर्ने बनगाड खोला तरेर सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा, रुकुम लगायतका जिल्लामा दैनिक हजारौं व्यक्तिहरु आवतजावत गर्दछन् । तर लामा कन्सट्रक्सनले लापरवाही गर्दा सयाैँ मानिस जोखिम मोलेर खोला तर्न बाध्य रहेका छन ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १२:३९