काभ्रे पाँचखाल-१३ मा मतदान जारी सुरक्षामा कडाइ
३ जेठ, काठमाडौं । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका–१३ को मतदान कडा सुरक्षाबीच मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो ।
३० वैशाखमा विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको हो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।
यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुई वटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित मिति : May 17, 2022 at 3:15 pm









