११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य – एमाले महासचिव पोखरेल

३, जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तब्य भएको बताए ।

‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य हो । मतगणनामा चनाखो रहौँ’, सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन् ।

उनले यसअघि आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए । पोखरेलको आरोपलाई लिएर उनकै पार्टीका केही नेताले आलोचना गर्दै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मतदान भएको ३० वैशाखमै निर्वाचनमा राज्य शक्तिको दुरुपयोग सरकार र गठबन्धनले गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : May 17, 2022 at 12:12 pm