२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा एमाले विजयी, गठबन्धन पराजित


३ जेठ, गुल्मी । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सांसद गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले मेयर र उपमेयर पदमा जीत हासिल गरेको छ ।

एमालेका उम्मेदवार जिवन खरेलले गठबन्धनका उम्मेदवारलाई ७९३ मतले हराउँदै मेयर पदमा जीत हासिल गरेका हुन । जिवन खरेलले ७३९९ मत ल्याए भने गठबन्धबाट नेपाली कांग्रेसका उम्मेदवार हरिनारायण सापकोटाले ६६०६ मात्रै मत ल्याउन सके ।

उपमेयर पदमा एमालेकी गंगा श्रेष्ठले ७०११ मत ल्याएर जीत हासिल गर्दा गठबन्धनबाट एकिकृत समाजवादीका श्रीराम महतले ६३२३ मात्रै मत ल्याउन सके । जिल्लामा एमालेका विरुद्ध नेपाली काग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ११:४४