२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

ककनी ४ र ८ मा नेकपा एमाले विजयी


३ जेठ, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ४ र ८ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । ककनी ४ मा सोनामा लामा र ८मा शेषमान लामा विजयी भएका छन ।

ककनी ४ का सोनाम लामाले ७६६ मत ल्याएर विजय प्राप्त गरे । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुपोल तामाङले ६३० मत प्राप्त गरे । सदस्यमा नेपाली कांग्रेसका जीतबहादुर तामाङ, जीवन तामाङ, शोभा लामा विजयी भए । त्यस्तै दलित महिला सदस्यमा एमालेबाट प्रतिमा विश्वकर्मा विजयी भइन ।

ककनी ४ मा विजयी एमाले उम्मेदवारहरू ।

यस्तै ककनी ८ को अध्यक्षमा शेषमान लामाले ५६६ मत ल्याएर विजयी भएका छन । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका केशवबहादुर हुमाइले ४२१ मत प्राप्त गरे । वडा सदस्यहरूमा केशव लामिछाने, दिलिप श्रेष्ठ, ठूलीमाया तामाङ, इश्वरी सुनार विजयी भएका छन । उनीहरू सबै नेकपा एमालेका उम्मेदवार हुन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ११:०२