२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष मल्लले राज्यको सुविधा नलिने


३ जेठ, मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष पदम राज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । वडा अध्यक्षमा निर्वाचित भएपछि मल्लले यस्तो घोषणा गरेका हुन् ।

२०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भातृ संगठनमा आवद्व भई राजनिति यात्रा सुरु गरेका थिए ।उनी खेल क्षेत्रमा पनि आबद्ध थिए । क्षेत्रीय र राष्ट्रिय स्तरका खेलकुदमा सहभागी भएको उनले बताए ।

मल्लले मध्यपश्चिममा ३ पटक भलिवलको नेतृत्व लिएका थिए । यो सँगै उनले ३ वर्षसम्म नेपाल सरकारको शसस्त्र प्रहरि बलको विभागीय जवानमा जागिर गरेको उनले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १०:२२