८ असार २०८३, सोमबार | Mon Jun 22 2026

दाङकाे बबई गाउँपालिकामा कांग्रेस विजयी

३ जेठ, दाङ । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् ।

खत्री ६ हजार ६ सय १५ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे ।

उपाध्यक्षमा बमकुमारी ९ सय ८६ मतान्तरले विजयी भएकी हुन् । उनले ६ हजार ४ सय मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन् । २०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो ।

प्रकाशित मिति : May 17, 2022 at 10:06 am