२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

नुवाकोटको तारकेश्वरमा नेपाली कांग्रेसका शिव अधिकारी विजयी


३ जेठ, नुवाकोट । तारकेश्वर गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिव अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित भएका छन् । अधिकारीले ५ हजार ६ सय ६५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश वस्तीले ३ हजार ३ सय ४१ मत ल्याए ।

पराजित वस्ती २०७४ सालको निर्वाचन ३ हजार ६१४ मत ल्याएर अध्यक्षमा विजयी भएका थिए । त्यतिबेला वस्तीका तत्कालीन प्रतिद्वन्द्वी नेपाली काग्रेसकै चोकराज शाक्यले २ हजार ६८८ मत पाएर पराजित भए । त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट माओवादीका हरिप्रसाद रिमालले ४ हजार ६५८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कोपिला भट्टले ३ हजार ३९३ मत ल्याई पराजित भए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०९:५५