२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका कांग्रेस नेता बस्‍नेत वडा सदस्यमै पराजित


३ जेठ, सुर्खेत । सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् ।

बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए । उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०९:४०