२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

कांग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी


३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे ।

अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए ।अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०८:४५