२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

काठमाडाैँको तारकेश्वर नगरपालिकामा भारी मतान्तरमा कांग्रेस विजयी


३ जेठ, काठमाडाैँ । काठमाडाैँको तारकेश्वर नगरपालिकामा भारी मतान्तरमा नेपाली कांग्रेस विजयी भएको छ । तारकेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृण्णहरि महर्जन ११९८८ मत प्राप्त गरी विजयी भए ।

महर्जनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर बोहरालाई ४१८० मतान्तरमा पराजित गरे । बोहोराले ७८०८ मत प्राप्त गरे । त्यसै उप-प्रमुखमा पनि नेपाली कांग्रेसकै उमेदवार सिर्जना बुर्लाकोटीले १०७८६ मतसहित विजयी भइन । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेको भवानी डोटेलले ८००६ मत प्राप्त गरिन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०७:१७