नुवाकोटको किस्पाङमा एमाले माओवादीको गठबन्धन विजयी, अध्यक्षमा वीरबल र उपाध्यक्षमा अर्जुन
२ जेठ, नुवाकोट । नुवाकोटको किस्पाङमा एमाले माओवादीको गठबन्धन विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा अध्यक्षमा वीरबल तामाङ र उपाध्यक्षमा अर्जुन न्याैपाने विजयी भएका छन ।
प्राप्त विवरण अनुसार अध्यक्षमा वीरबल तामाङ ३६३८ मतसहित विजयी भएका छन । उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छत्र लामाले ३४५२ मत प्राप्त गरेका छन । अध्यक्षमा १८६ मतको अन्तर रहेको छ ।
उपाध्यक्षमा अर्जुन न्याैपाने ३७१२ मतसहित विजयी भएका छन । उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी दिलकुमारी मोक्तानले उम्मेदवारले ३१७७ मत प्राप्त गरेकी छिन । उपाध्यक्षमा ५१५ मतको अन्तर रहेको छ ।
प्रकाशित मिति : May 16, 2022 at 11:05 pm









