२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

नुवाकोटको लिखुमा कर्मचारीको सेटिङमा फर्जी मत, कांग्रेस बाहेकका प्रतिनिधि बाहिर राखेर मतगणना हुँदै


२ जेठ, नुवाकोट । नुवकोटको लिखु गाउँपालिकामा कर्मचारीको सेटिङमा व्यापक रूपमा फर्जी मत हालेको पाइएको छ । मतगणना स्थालमा फर्जी मत भेटिएपछि छानविनको माग गर्ने दलका सबै प्रतिनिधिलाई बाहिर निकालेर अहिले मतगणना भैरहेको छ ।

मतगणनामा कांग्रेस भन्दा बाहेकका प्रतिनिधिलाई प्रवेश निषेध गरिएको र कुनै कुराको पनि सुनुवाइ नभएको उम्मेदवारहरूले नै बताएका छन । फर्जी मतको विषयमा सम्बन्धित निकायमा उजुरी दिँदा समेत निर्वाचन अधिकृत पूर्णबहादुर थापा मगरले कुनै सुनुवाइ नगरेको र फर्जी मतको बारेमा छानविनको माग गर्नेलाई बाहिर राखेर मतगणना जारी राखिएको नेकपा एमालेका अध्यक्षका प्रात्याशी मेघनारायण श्रेष्ठका प्रतिनिधि आर्यन श्रेष्ठले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्रबाट लिखु ४ को अध्यक्षको उम्मेदवार रहेका सन्तोष राईले पनि धाँधलीको छानविन गर्न माग गरेका छन । उनले धाँधली भएको तथ्यहरू समेत सविस्तार राखेका छन ।

 सन्तोष राईले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ

फर्जि मत हाल्ने, व्यापक रूपमा ढाधलि गरि निर्वाचन जित्ने कोसिस गर्ने हरुको घोर निन्दा भत्सर्ना गर्दछौं । विभिन्न राजनितिक दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले,रा.प्र. पा.हरुले निर्वाचनमा भएको ढाधलिको निस्पक्ष छानबिन गरि पुन निर्वाचन गर्न अनुरोध गर्दा गर्दै एक पक्षीय रुपमा काङ्ग्रेसको प्रतिनिधि राखेर मतगणना गरेर जनताको मतलाई अपमान गर्ने छुट कसैलाई छैन।

निर्वाचनको दिन बुथ लक गर्दा १०९ मतको महिला र पुरुष सङ्केत फारममा अभिलेख नहुनु र २२०५ मतको मात्र अभिलेख हुनु ,अर्ध कट्टिमा २३१४ मतपत्रको रेकड हुनु र पछि कर्मचारीले गोलो रेजा लागाउन विर्सिएछ भनेर अन्धाधुन्ध रुपमा महिला पुरुष सङ्केत फारममा रेजा लागाउनु ।

बुथ लक गर्दा २३१४ मतको मुचुल्का गरेको र मतगणना स्थलमा बुथ वाट मतपत्र निकाल्दा २३२२ को मुचुल्का भएको र फेरि मतगणना गर्न लाग्दा ७ वटा मतपत्र थप भई २३२९ वटा मतपत्र भटिएको छ । निर्वाचनमा व्यापक रूपमा सत्ता र शक्तिको प्रयोग गरि ढाधलि गरि फर्जि मत हालिएको हुदा निर्वाचनको सत्य तथ्य छानविन गरि पुन निर्वाचन गर्न अपिल गर्दछु।

नेपाली कांग्रेस को प्रतिनिधि मात्र राखेर निर्वाचन आयोगले एक पक्षीय रुपमा गरिएको विवादित मतगणनाको घोर भत्सर्ना गर्दछु । लिखु गाउँपालिका वडा नं ४मा पुन निर्वाचन गर।  सत्य तथ्यको छानबिन गर।

सन्तोष राई
लिखु गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदको उम्मेदवार
नेकपा माओवादी केन्द्र

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार २२:२३