१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

बैतडीको सुर्नयामा एमालेका अम्मर कुवँर विजयी

२ जेठ, वैतडी । बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुवँर विजयी भएकाछन् । कुवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।

सुर्नयाका वडाहरुमा भने, मिश्रीत परिणामा आएको छ । वडा न.१मा एमालेका धन बहादुर चन्द विजयी हुदाँ, वडा न.२का राप्रपाका गणेश बिष्ट विजयी भएकाछन्, वडा न.३मा काग्रेसका सम्भु भट्ट विजय हुदाँ वडा न.४ का कांग्रेसकै प्रताप महरा विजयी भएका हुन् । वडा न.६ मा एमालेका मदन अवस्थी विजय भएकाछन् । वडा न. ७मा कांग्रेसका भक्त बहादुर कुवर र वडा न.८मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : May 16, 2022 at 8:49 pm