२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

वडा अध्यक्षमा डिल्लीराम सिलवालको ह्याट्रिक, २५ वर्षदेखि जनाताले रूचाएका प्रतिनिधि


२ जेठ,  नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्लीराम सिलवालले वडा अध्यक्षमा ह्याट्रिक गरेका छन । उनले वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनपछि वडा अध्यक्षको हैसियतमा तेस्रो पटक जनताको बीचबाट निर्वाचित भएर ह्याट्रिक गरेका हुन ।

सिलवाल २०५४ सालमा तत्कालीन मदानपुर गाउँ विकास समिति वडा नम्बर ४ को अध्यक्षको रूपमा पहिलो पटक विजयी भएका थिए । त्यसपछि उनी दोस्रो पटक बेलकोटगढी नगरपालिका वडा नम्बर १२ को अध्यक्षको रूपमा विजयी भए र अहिले उनी तेस्रो पटक बेलकोटगढी १२ मा नै वडा अध्यक्षमा विजयी भएका छन ।

जनताको बीचमा अति रूचाइएका सिलवाल नेकपा एमालेभित्रका कमै विवादित पात्र हुन । उनी २५ वर्षदेखि जनताको प्रतिनिधिको रूपमा काम गरिरहेका छन । सरल स्वभावका सिलवाल जनताको कामका कहिल्यै विभेद गर्दैनन् । उनले बेलकोटगढीको १३ वडा मध्ये सबैभन्दा उत्कृष्ट अध्यक्षको रूपमा काममात्र सम्पादन गरेर आफ्नो नेतृत्वको वडा नमुना पनि बनाएका छन । स्रोतको पहिचान र परिचालन दुबैमा अब्बल सिलवाल जहिल्यै एमालेको मुलधारमाबाट जनताको बीचमा चुनिएका छन ।

सोमबार सम्पन्न मतगणनामा सिलवालले ६४८ मत प्राप्त गरेका छन । तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुप्रसाद सिलवालले ४५९ मतमात्र प्राप्त गरे । त्यस्तै वडा सदस्यहरूमा नरेशबहादुर राइ ५४८, सरस्वती अधिकारी ४९४, सुकुमइ तामाङ ५५४, कल्पना नेपाली ५८८ मत ल्याएर विजयी भएका छन ।

उनीहरू सबै नेकपा एमालेका उम्मेदवार हुन । यस वडाबाट नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्ररमण खनालले ७६६ मत प्राप्त गरेका छन भने गठबन्धन उम्मेदवार जगत लामाले ५८८ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा एमालेकी रुपा सापकोटाले ६०५ मत र गठबन्धनका उम्मेदवार शिव दाहालले ५९१ मत प्राप्त गरको छन ।

डिल्लीराम सिलावालले १२ नम्बर वडा अध्यक्षको रूपमा बेलकोटगढी नगरपालिकामा पाँच वर्षमा गरेका काम उनैको मुखबाट सुन्न सक्नुहुन्छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार २०:०३