८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नुवाकोटको बेलकोटगढी १२ मा एमालेको प्यानल नै विजयी

२ जेठ,  नुवाकोट । नुवाकोटको बेलकोटगढी १२ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदार डिल्लीराम सिलवाल फराकिलो मतान्तरमा विजयी भएका छन । सिलवालले वडा अध्यक्षमा विजयी हुँदा ६४८ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका विष्णुप्रसाद सिलवालले ४५९ मत प्राप्त गरेका छन ।

वडा अध्यक्षमा सिलवालले ह्याट्रिक गरेका छन । उनी संघीयता कार्यान्यानमा आएपछि पहिलो पटक भएको चुनावमा पनि वडा अध्यक्षमा विजयी भएका थिए । त्यसअघि सिलवाल तत्कालीन मदानपुर गाविस वडा नम्बर ४ बाट २०५४ सालमा एमालेबाटै वडा अध्यक्षमा विजयी भएका थिए । समकालीन नेताहरू मध्ये तुलनात्मक इमान्दार नेताको छवी सिलवालले बनाएका छन ।

त्यस्तै वडा सदस्यहरूमा नरेशबहादुर राइ ५४८, सरस्वती अधिकारी ४९४, सुकुमइ तामाङ ५५४, कल्पना नेपाली ५८८ मत ल्याएर विजयी भएका छन । उनीहरू सबै नेकपा एमालेका उम्मेदवार हुन । यस वडाबाट नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्ररमण खनालले ७६६ मत प्राप्त गरेका छन भने गठबन्धन उम्मेदवार जगत लामाले ५८८ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा एमालेकी रुपा सापकोटाले ६०५ मत र गठबन्धनका उम्मेदवार शिव दाहालले ५९१ मत प्राप्त गरको छन ।

प्रकाशित मिति : May 16, 2022 at 7:13 pm